नियमित सार्बजनिक सुनुवाइ गर्दै वडा नम्वर १

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ ले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम बासको सहजिकरणमा सम्पन्न भएको छ ।


वडा स्थित धम्बोझि माबिको प्रांगणमा भएको सुनुवाईले ६ बुदें प्रतिबद्धताको धोषणा गरेको छ । यसरी गरिएका प्रतिबद्धताहरुमा वडामा अवस्थित वाटरपार्कको योजना तयार गरि थप शौदर्यीकरण र संरक्षण गर्ने, वडामा रहेको राम जानकी गोकुलेश्वर महादेब मन्दीर व्यवस्थापन समितिलाई आर्थिक बर्ष २०७८/०७९ मा दर्ता गरी वैधानिकता दिने, वडा भित्र शान्ति सुव्यवस्था कायम गर्न वडाको उपयुक्त स्थानमा प्रहरी चौकी स्थापनाका लागि सामुहिक पहल गर्ने, वडाको विश्वनाथ टोल लगायतका केही टोलहरुमा फोहोर व्यवस्थापन नहुने गरेको भन्ने गुनासो आएकाले प्रात्त गुनासो सम्बोधन गर्ने, वडा भित्र रहेका नालाको सरसफाई गर्ने तथा वडा भित्रका सबै टोलहरु कालोपत्रे गर्ने र धम्बोझि क्लबलाई संस्थागत र थप व्यवस्थित गर्न आवश्यक पहल गर्ने रहेका छन् ।

यसरी गरिएका प्रतिबद्धताहरुमा सुनुवाईमा सरोकारवालाको रुपमा आसिन वडा अध्यक्ष प्रमोद रिजाल, वडा सचिब नेवलाल घर्ती, वडा सदस्यहरु राजरानी पासी, जगमोहन काँदु, सरस्वती महतले हस्ताक्षर गरेका थिए ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको सुनुवाईमा स्वागत बासका निर्देशक हेमराज भट्टले गरेका थिए । बासले सुनुवाई पूर्ब गरेको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत संकलनको नतिजा घोषणा बासका कार्यक्रम संयोजक रबिन्द्र बोहराले गरेका थिए ।


सुनुवाईको शुरुवातमा वडाले आर्थिक बर्ष २०७७/०७८ मा गरेका कार्यक्रम तथा प्रगतिको बारेमा वडा अध्यक्ष रिजालले जानकारी गराएका थिए । त्यस पश्चात भएको खुल्ला छलफलमा वडाबासिहरुले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को समग्र विकासमा वडा अध्यक्षको भुमिका निकै प्रभावकारि रहेको भन्दै खुसी ब्यक्त गरेका थिए । सो क्रममा वडाको समग्र विकासको बिषयमा प्रश्न, जिज्ञासा तथा सुझाव दिएका थिए । सहभागिहरुले सोधेका प्रश्नको जवाफ वडा अध्यक्ष रिजाल लगायत सरोकारवालाले दिएका थिए । वडा कार्यालयको आयोजना तथा बास नेपाल नेपालगन्जको सहजिकरणमा भएको सुनुवाईमा १२० बढीको सहभागिता रहेको थियो ।

  • २८ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech