देउवा प्रधानमन्त्रीमा नियुक्त

असल शासन प्रतिनिधि

काठमाडौं / सर्वोच्च अदालतले निर्धारण गरेको २८ घण्टाको समय सिमा भित्र राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गरेका छन् ।
राष्टपति कार्यालयले बिज्ञप्ती जारी गर्दै सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/०३/२८ गतेको फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ उल्लेख गरिएको छ ।
सर्वोच्च अदालतले असार २८ गते सोमबार संसद पुनर्स्थापना गर्दै १४९ सांसदको समर्थन पाएका देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

  • २९ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech