वालवालिकालाई बिद्यालय भर्ना गर्ने अभिभावकको प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगन्ज / श्रमिक तथा बिद्यालय वाहिर रहेका वालवालिकाहरुको सहभागितामा नेपालगन्जमा सञ्चालीत तिन महिने शैक्षिक कक्षा समापन भएको छ ।
सामाजिक विकास डिभिजन कार्यालय बाँकेको सहयोगमा बासद्धारा सञ्चालीत उक्त कक्षाको समापन गरिएको हो । समापन कार्यक्रकमा शैक्षिक कक्षामा सहभागि वालवालिकाहरुलाई बिद्यालय भर्ना गर्न शैक्षिक सामाग्री वितरण गरिएको थियो । वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण पश्चात बोल्दै सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख राम करन पालले सहभागि वालवालिकालाई विद्यालय पठाउन अभिभावनलाई अनुरोध गरे । बिद्यालय वाहिर रहेका वालवालिकाका लागि तिन महिना सम्म सञ्चालीत कक्षा निकै उपलब्धीपूर्ण रहेको प्रमुख पालको भनाई थियो । उनले शैक्षिक कक्षा सफलतापूर्वक सम्पन्न गर्ने बासलाई धन्यबाद ज्ञापन गरे ।


बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको समापन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ र १९ सञ्चालीत कक्षामा सहभागि ३४ जना वालवालिकालाई स्टेशनरी सामाग्री, ड्रेस, जुत्ता र झोला वितरण गरिएको थियो । शैक्षिक कक्षाले वालवालिकालाई बिद्यालय जान उत्प्रेरित गरेको अभिभावकहरुको भनाई थियो । वालवालिकाका लागि कक्षा निकै उपलब्धीपूर्ण रहेको उनीहरुले बताए । शैक्षिक कक्षाको समापन सँगै सबै वालवालिकालाई नजिक पायक पर्ने स्थानको बिद्यालयमा भर्ना गर्ने गरी तयारी भएको बासले जनाएको छ । समापन कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख पाल, नासु गुमान सिंह न्यौपाने, बासका निर्देशक हेमराज भट्ट, लेखा अधिकृत दिपा चौधरी, प्रशासनिक सहायक श्रुती चौधरी, सहजकर्ता नोरी कुमारी चौधरी, निशा गिरी र उमा चौधरीले उपस्थिती रहेको थियो ।

  • २९ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech