सरकारको प्रबक्तामा कार्की

असल शासन प्रतिनिधि

काठमाडौं/ नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व मन्त्रिमण्डलको पहिलो बैठकले सरकारको प्रवत्तामा ज्ञानेन्द्र बहादुर कार्कीलाई जिम्मेवारी तोकेको छ ।
देउवाले प्रधानमन्त्रीको सपथ लिए लगत्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको रुपमा सपथ लिएका कार्कीलाई मन्त्रिपरिषद बैठकले प्रवक्ता तोकेको हो । असार २९ गते मंगलबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठक बसेको थियो ।
प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तार गर्दै चार ओटा मन्त्रि चयन गरेको थियो जसमा गृहमन्त्री बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसाल रहेका छन् ।

  • ३० असार २०७८, बुधबार प्रकाशित

  • Nabintech