बाँके जिल्ला लागु औषधको हव !

असल शासन प्रतिनिधि

नेपालगञ्ज/लागु औषध प्रयोग रोकथाम तथा न्यूनीकरण बिषयमा सरोकारवालाहरुसँग छलफल भएको छ ।

लागु औषध तथा उपचार पुर्नस्र्थापना केन्द्र समूह बाँकेको आयोजनामा असार ३० गते नेपालगञ्जमा सो छलफल सम्पन्न भएको हो ।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारी र प्रहरी नायव उपरिक्षक मधुसुधन न्यौपानेलाई स्वागतसँगै आयोजना गरिएको अन्र्तक्रियाका सहभागिहरुले बाँके जिल्ला लागु औषधको हव भएको भन्दै सो बिरुद्ध सबै जागरुक हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले लागु औषध बिरुद्ध प्रहरी नागरिकहरुसँग मिलेर अघि बढ्ने बताए । कार्यक्रममा प्रहरी नायव उपरिक्षक मधुसुधन न्यौपाने, गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाह, सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशी, नेपालगञ्ज उपमहानगरपालिका १० नम्वर वडाका अध्यक्ष बिन्दुभुषण बस्नेत, अधिबक्ता बसन्त गौतम लगाएतले बोलेका थिए । नवज्योती महिला पुर्नस्र्थापना केन्द्रकी अध्यक्ष सिम्रनराज भण्डारीले स्वागत गरेको कार्यक्रममा नवआगन्तुक बाँके प्रहरी अधिकारीहरुलाई स्वागत गरिएको थियो । कार्यक्रम लागु औषध अभियन्ता अभिराज क्षेत्रीले सञ्चालन गरेका थिए भने कार्यक्रमको अध्यक्षता नवकिरण पुर्नस्र्थापना केन्द्रका अध्यक्ष उत्तम खरेलले गरेका थिए ।

 

  • ३० असार २०७८, बुधबार प्रकाशित

  • Nabintech