देशभर साउने सक्रान्तिको रौनक, कर्णाली प्रदेशमा सार्वजनिक विदा

असल शासन प्रतिनिधि

नेपालगन्ज / साउनको पहिलो दिन आज साउने सक्रान्ति देशभर भब्यताका साथ मनाईदै छ ।
धार्मिक मान्यता अनुसार साउन १ गते देखि सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने भएकाले साउने संक्रान्तिका रुपमा मनाउने गरिन्छ । कृषि प्रधान देश नेपालमा असार महिना भरी खेतमा कृर्षि कर्म गर्ने र सो क्रममा शरिरमा हिलो मैलो लागेर छालासम्बन्धी रोग लाग्ने भन्दै सबै प्रकारका रोगहरु ठिक गर्न साउन १ गते लुतो फाल्ने दिनको रुपमा समेत लिने गरिन्छ ।

यसैगरी साउन महिनाको आफ्नो छुट्टै महत्व रहेको छ । साउनलाई हरियो महिनाको रुपमा समेत लिने गरिन्छ । आज देखि महिनाभर महिलाहरुले भगवान शिवको पुजा गर्ने र महिनाभरी हरियो कपडा, पोते, चुरा, मेहन्दी लगायत लगाउने चलन रहेको छ । साउनलाई प्रकृतीसँग नजिक हुने महिनाको रुपमा समेत लिईन्छ ।

आज साउने संक्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । पर्वको अवसरमा कर्णाली प्रदेश भरी लागु हुने गरी विदा दिने निर्णय गरेको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । सो क्रममा प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने जनाएको छ ।

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech