कोहलपुरमा ८२ बर्षिया महिलाको हत्या

असल शासन प्रतिनिधि

नेपालगन्ज / वाईसीएल बाँकेका संयोजक आकाश कार्कीकी आमाको गयराति हत्या भएको छ ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित घरमा ८२ बर्षिया आमा साउनी कार्कीको हत्या भएको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार मृतकको टाउकोमा प्रहार गरेको र घट्ना स्थलको प्रारम्भिक अनुसन्धान हेर्दा धाराको ह्याण्डीलले टाउकोमा प्रकार गरेको देखिन्छ । राति घरमा सुतिरहेको अवस्थामा हत्या गरी उनको साथमा रहेका गरगहना र घरमा रहेको केही नगद समेत लगेर गएको प्रहरीले जनाएको छ ।
राति घरमा सुतिरहेको अवस्थामा भएको यस्तो घट्नाले बाँकेको सुरक्षा व्यवस्था माथि नै प्रश्न चिन्ह खडा भएको छ । घट्नाको तत्काल सत्यतथ्य छानविन गर्न स्थानीयहरुले माग गरेका छन् । मृतक कार्कीको शव पोष्टमाटमकालागि भेरी अस्पताल नेपालगन्ज ल्याईएको बुझिएको छ ।

  • ३ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech