बिद्युतमा उपभोक्ताको घुईंचो

शैलेन्द्र बैश्य

नेपालगन्ज/नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगन्जमा बिद्युत महसुल भुक्तानी गर्नेहरुको घुईंचो लागेको छ ।

अनलाईन भुक्तानिमा समस्या आएपछि उपभोक्ताहरुको घुईंचो लागेको हो ।

असार मसान्तका साथै अनलाईन भुक्तानी नहुँदा उपभोक्ताहरुको चाप ह्वात्तै बढेको बिद्युतले जनाएको छ ।

दिनहुँ विद्युत प्राविधिकरणमा पाँच सय बढिको भिड लाग्ने गरेको छ । कोरोनाको कहर कायमै रहिरहँदा महसुल भुक्तानीका लागि सरकारी मापडण्ड बिपरित बिद्युतमा भिड अव्यवस्थित रुपमा बढिरहेको छ ।

ग्राहक कैलाश शर्माले विहान नौ बजे देखि एक बजे सम्म चर्काे घाममा बिद्युत महसुल तिर्न लाईनमा बस्नु परेको बताए ।
यस बारे बितरण केन्द्र नेपालगञ्जका प्रमुख लखन लला मलिक अनलाईन समस्याका कारण भिड बढेको र समस्या चाँडै समाधान हुने बताउँछन् ।

  • ४ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech