बिभिन्न स्वास्थ्य संस्थाहरुलाई रोटरीद्वारा सहयोग प्रदान

असल शासन प्रतिनिधि

नेपालगन्ज/रोटरी क्लब अफ सेन्ट्रल बाँकेले बिभिन्न स्वास्थ्य संस्थाहरुलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ ।

रोटरी क्लब अफ् पोखरा र रोटरी क्लब अफ् धनगढीबाट प्राप्त ३ थान अक्सिजन कन्सन्ट्रेटर रोटरी क्लब अफ सेन्ट्रल बाँकेले प्रदान गरेको हो ।
आईतवार स्वास्थ्य चौकी नरैनापुर, बाँके, स्वास्थ्य चौकी राकम कर्णाली, दैलेख र स्वास्थ्य चौकी दल्ली जाजरकोटलाई उक्त उपकरण प्रदान गरिएको हो ।

क्लबका अध्यक्ष डा. कुमार सान शाहको अध्यक्षतामा भएको कार्यक्रममा सिनियर रोटरियन दिनेश जोशी, क्लबका नोमेनि प्रेसिडेण्ट बिश्वराम भण्डारी, महासचिव लुना बुढाथोकी, टेक बहादुर पुन लगायतले बोलेको कार्यक्रममा क्लवको पदस्थापना कार्यक्रम पनि सम्पन्न भएको थियो ।

 

  • ४ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech