भीम ओली सदस्य सचिवमा नियुक्त

असल शासन प्रतिनिधि

नेपालगञ्ज/मध्यपश्चिम क्षेत्रिय खेलकुद बिकास समितिका निबर्तमान अध्यक्ष भिम ओली लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव नियुक्त भएका छन् ।

लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रीपरिषद् बैठकले ओलीलाई सदस्य सचिव नियुक्त गरेको हो ।

२०७६ मा लुम्बनी प्रदेशले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दा स्थानीय रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको ओली नेकपा एमालेका युवा नेता हुन् ।

केहि साता अघि मात्र प्रधानमन्त्री केपी ओली समूहले पूर्नगठन गरेको नेपाल खेलकुद महासंघको उपाध्यक्ष मनोनित भएका ओली नेपाल भलिबल संघका केन्द्रिय सचिव पनि हुन् । लगातार दुई कार्यकाल उनी भलिबल संघको केन्द्रिय समितिमा रहेका छन् ।

  • ४ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech