जमुनाहमा बन्यो हेल्थ डेस्क

आकाश कसौधन

 

नेपालगञ्ज/ नेपालगञ्जको जमुनाह नाकामा नवनिर्मित हेल्थ डेस्क सञ्चालनमा आएको छ ।
आज एक कार्यक्रमका बिच नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले डेस्कको उद्घाटन गरेका छन् ।

हेल्थ डेस्क उद्घाटन समारोहमा बाँकेका प्रमुख जिल्ला जिल्ला अधिकारी शिवराम गलाल, नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगर, बाँकेका प्रहरी प्रमुख श्याम कृष्ण अधिकारी, सुरक्षा निकायका प्रमुख, उपमहानगरपालिकाका बिभिन्न वडा अध्यक्षहरु, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

हेल्थ डेस्क सीमा पारी आवत जावत गर्ने नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य ले सञ्चालनमा ल्याइएको नगर प्रमुख राणाले बताए ।

  • ५ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech