मेडिकल कलेजका कर्मचारीहरु आन्दोलित

असल शासन प्रतिनिधि

नेपालगन्ज/ पश्चिम नेपालकै ठूलो नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलित छन् ।

कलेजमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले प्राप्त गर्नुपर्ने तलब लगायतका भत्ताहरु प्राप्त नगरेपछि उनीहरु आन्दोलित भएका हुन् ।
तीन महिनादेखि मासिक पारिश्रमिक, रात्री कालित सेवा भत्ता, जोखिम भत्ता, कोभिड जोखिममा काम गर्दाको खाजा भत्ता नपाएको भन्दै श्रावण १ देखि स्वास्थ्यकर्मीहरु शिक्षण अस्पताल नेपालगन्ज परिसरमा आन्दोलन गरिरहेका छन् ।

उनीहरुले दिनहुँ प्रर्दशन गर्ने गरेका छन् । सामाजिक सुरक्षा कोषमा दिने भनेर काटेको रकमको हिसाब समेत नपाएको उनीहरुले गुनासो गरेका छन् ।

भोको पेटले सेवा प्रदान गर्न नसकिने भन्दै बिरामीहरुलाई असर नपर्ने गरि आन्दोेलन गरिरहेको आन्दोलनरत नर्सिङ अधिकृत सुमन गिरीले बताईन् ।

व्यवस्थापनले कर्मचारीहरुलाई तलब नदिई उच्च पदाधिकारी बस्ने कार्यालयहरु बातानुकुलित बनाउने, सवारी साधनहरु बर्षेनि थप्दै जाने, ईन्धनको खर्च बढाउँदै लैजाने, बिभिन्न खाले भोजहरु आयोजना गर्ने गरेको आरोप आन्दोलनकारीहरुको रहेको छ ।

अस्पताल जस्तो संबेदनशिल क्षेत्रको समस्या समाधानका लागि पहल गर्नु व्यवस्थापन पक्षकोे जिम्मेवारी हो । समस्या समाधान नगर्दा, नहुँदा त्यसको प्रत्यक्ष असर बिरामीहरुलाई पर्न जान्छ । सम्वन्धित निकायको ध्यान जाओस् ।

 

  • ५ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech