गाई चोरहरु पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जको न्युरोड क्षेत्रबाट गाईहरु चोरेर बेचबिखन गर्दै आएका दुई जना व्यक्तिहरु प्रहरी फन्दामा परेका छन् ।

न्युरोडको भानुभक्त चौक नजिकको सडकबाट सडकमा रहेका गाईहरु चोर्दै लैजाने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

लामो समय देखी  छाडा गाईहरु बेचबिखन गर्दै आएका उनीहरूबारे स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

  • ६ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech