डुडुवा खोलामा डुबेर तीन युवकको निधन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ पौडी खेल्ने क्रममा बाँकेको डुडुवा खोलामा डुबेका तिन जना युवा मृत अवस्थामा भेटिएका छन्।

बाँकेको कोहलपुरमा रहेको डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेका नेपालगन्जका तिन जना युवाको शव भेटिएको बाँके जिल्लाका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले बताए ।

कोहलपुर, १० रहेको उक्त स्थानमा बुधबार दिउँसो पौडी खेल्ने क्रममा डुबेका नेपालगञ्ज उप-महानगरपालिका ११ का १८ वर्षिय राशिद जसगढ, सोही ठाउँका १८ वर्षिए अरमान जसगढ र १६ वर्षिय आरिफ जसगढको मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका उनीहरुको सुरक्षाकर्मीको सहयोगमा खोजी गरिएको थियो । तर उनिहरु सबै मृत अवस्थामा भेटिए ।
मृतक तिनैजनाको शव पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगञ्ज राखिएको छ ।

  • ६ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech