अव्यवस्थित पार्किङ्गले समस्या

शैलेन्द्र वैश्य

नेपालन्ज बजार यस क्षेत्रकै पुरानो र अति व्यस्त शहर हो । नेपालगन्ज क्षेत्रको सबै भन्दा बढी भिडभाड हुने र ग्राहकहरुले किनमेल गर्ने मुख्य बजार शदरलाइन र एकलैनी बजार हो । जुन बजारको त्रिवेणी मोड देखि त्रिभुवन चौक सम्मको बजारको बीचमा एकलैनी देखि पश्चिम लक्ष्मी नारायण मन्दिर सम्मको क्षेत्रमा अव्यवस्थित पार्किङ को व्यवस्था गरिएको छ ।

बीच सडकको बिचमा रहेको अव्यवस्थित पार्किङको कारण दुर्घटना हुने र पैतल यात्रुलाई हिडडुल समेत गर्न असहज हुने गरेकाो स्थानीयहरुको गुनासो रहेको छ । उपभोक्ताहरुलाई किनमेल गर्न सजिलो हुने यो क्षेत्रको अव्यवस्थित पार्किङ्ले गर्दा समस्या उबजिएको छ । सामान खरिद गर्न आउने ग्राहकहरु समेत अव्यवस्थित पर्किङ्को कारण पसलमा छिर्न नसक्ने अवस्था रहेको स्थानीय व्यापारी देबेन्द्र गुप्ताले बताए ।

साघुँरो सडकका बीच बनाइएको अब्यवस्थित पार्किङ् हटाउनु पर्ने स्थानीयहरुको माग छ । मान्छेहरु मात्रै नभइ अटो रिक्सा र अन्य यातायातका साधनहरुको समेत अत्याधिक चाप हुने भएकाले पनि उक्त बजार अस्तब्यस्त देखिन्छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणले पार्किङ् अव्यवस्थित भएको बताउदै ब्यवस्थित पार्किङ्को लागि नगर भवन रहेको स्थानमा ब्यवस्थित पार्किङ् बनाउने योजनाका साथ अगाडी बढेको बताए ।

अति ब्यस्त तथा मुख्य बजारको पार्किङ टाँग स्टैण्ड नजिक नगरभवनमा सारिनुले मात्रै समस्याको समाधान नहुने स्थानीय व्यापारी प्रदिप गुप्ता बताउछन् । “उपभोक्ता त्यति टाढाबाट किनमेल गर्न आउदैनन्, यसै ठाँउमा रहेको यसकुमार वाच कम्पनीको पछाडिको मनोज गुप्ताको खाली जग्गा लिजमा लिई पार्किङ्को व्यवस्था गर्नुपर्छ गुप्ताले भने ।”

  • ६ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech