कोहलपुरमा दुर्घटना

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेको कोहलपुरमा बुधवार अबेर राती सडक दुर्घटना भएको छ ।

कोहलपुरको वडा नम्वर १० हाईस्कुलस्थित माेटरसाईकल र अटाेरिक्सा एक आपसमा ठोक्किदा दुर्घटना भएकाे हो ।

दुर्घटनाबाट कर्णाली प्रदेश ०२००१ प ५७१९ नम्बरकाे माेटरसाईकल चालक गम्भीर घाईते भएका छन् भने अटाेरिक्साका चालक सामान्य घाईते भएका छन् ।

रिक्सामा चालक सहित ५ जना सवार रहेका थिए । घाईतेलाई नेपालगंज मेडिकल कलेज काेहलपुरमा उपचारका लागि प्रहरीले पठाएकाे छ भने थप जानकारी आउन बांकि नै रहेकाे छ ।

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech