बास स्वयम् सेवक समुहद्धारा बाटिका सरसफाई

असल शासन प्रतिनिधि

नेपालगन्ज / बास स्वयम् सेवक समुहले साप्ताहीक सरसफाई अभियानको शुरुवात गरेको छ ।
स्वयम् सेवि रुपमा विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन गर्दै आएको समुहले आज सरसफाई कार्यक्रमको शुरुवात नेपालगन्ज २० स्थित राझाँ चौकमा रहेको सद्भाव बाटिकाबाट गरेको छ । आज विहान बास स्वयम् सेवकको आयोजनामा सद्भाव बाटिकामा सरसफाई गरिएको
छ । सो क्रममा बाटिकाको फोहोर संकलन गर्ने, वाटिकामा रहेका विरुवाहरुको गोडमेल गर्ने लगायतका कार्यहरु गरेको छ ।

उक्त सरसफाई कार्यक्रममा बासका केन्द्रीय उपाध्यक्ष लुना बुढाथोकी, कार्यवाहक कोषाध्यक्ष दिला शाह, बासका निर्देशक हेमराज भट्ट, कार्यक्रम संयोजक रबिन्द्र बोहरा, जनसम्पर्क अधिकृत मुना बिष्ट, मानवता नेपाल बाँकेकी अध्यक्ष अम्विका काफ्ले, गैसस महासँघ बाँकेका सदस्य लोक बहादुर परियार, सहजकर्ता शोभा थापा लगायत बासका स्वयम् सेवकहरुको सहभागिता रहेको थियो । बास स्वयम् सेवक समुहले साप्ताहिक रुपमा नेपालगन्जका महत्वपूर्ण स्थानहरुको सरसफाई गर्ने निर्णय गरेको छ ।

  • ९ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech