ब्राउनसुगर सहित तीन पक्राउ

असल शासन प्रतिनिधि

नेपालगञ्ज/४३ ग्राम ब्राउन सुगर सहित नेपालगञ्जका तीन जना पक्राउ परेका छन् ।

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्वर १२ कोरियनपुरबाट तीन जना पक्राउ परेका हुन् ।

दिव्या खड्काको घरमा भाडा लिई बस्ने मुस्तकिम सिद्दिकी समेतले लागु औषध ब्राउन सुगरको खरिद विक्री कारोवार गरिरहेको सूचनाका आधारमा प्रहरीले असार ८ गते बेलुकी ८ बजे छापा मार्दा तीन जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँके, वडा प्रहरी कार्यालय नेपालगञ्ज तथा लागु औषध नियन्त्रण व्यूरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले सिद्दिकीको कोठामा खानतलासी गर्दा उनीहरु पक्राउ परेका हुन् ।

यसरी पक्राउ पर्नेहरुमा भारत लखनउका २८ बर्षिया मुस्तकिम सिद्दिकी सहित बहराईचका २७ बर्षिय मो.सलमान खान र नेपालगञ्ज वडानम्वर ११ टाँगा स्टेशनका २२ बर्षिय आजाद कवडिया रहेका छन् ।

 

  • ९ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech