सन्तानेश्वर जाने क्रममा युवतीको निधन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नरैनापुरको सन्तानेश्वर मन्दिर दर्शन गर्न जाने क्रममा एक युवतीको निधन भएको छ। गुरुपूर्णिमाको दिन शनिबार नेपालगन्जबाट सन्तानेश्वर मन्दिरको दर्शन गर्न मन्दिर जान लागेकी नेपालगन्ज-१ धम्बोझीकी रश्मी जयसवालको मन्दिर नपुग्दै निधन भएको हो ।

उकालो चढेर मन्दिर नजिकै पुग्न लाग्दा उनको निधन भएको हो ।

नेपालगन्ज वडा नम्बर १ धम्बोजीबाट १६ जना साथीहरुसहित जयसवाल मन्दिर नजिकै रहेको बाबाकुटी माथिको उकालोमा चढ्दै गर्दा एक्कासि बेहोस भएकी थिइन् । बेहोस भएपछि उनलाई बाबाकुटीमा आरामका लागि राखिएकोमा आधा घण्टाको अन्तरमा उनको निधन भएको थियो । उनको निधन हृदयघातका कारण भएको हुन सक्ने अनुमान गरिएको छ ।

निधनपश्चात दर्शनार्थी र प्रहरीको सहयोगमा मृतकको शवलाई नेपालगन्ज ल्याइएको छ । उनको दाह संस्कार आइतबार हुने स्थानीय प्रकाश कुँवरले जानकारी दिएका छन् ।

जयसवाल वडा नम्बर १ द्वारा सञ्चालित फोहर व्यवस्थापन कार्यक्रममा कार्यरत थिइन् ।

दिवंगत जयसवालप्रति असल शासन मिडिया परिवार भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ ।

  • ९ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech