बैजनाथ गाउँपालिकाको सार्वजनिक सुनुवाई ५ बुदें प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगन्ज / विभिन्न कारणले नागरिकता प्राप्त गर्न नसकेका वैजनाथ गाउँपालिका नागरिकहरुलाई नागरिकता उपलब्ध गराउन आवश्यक पहल गर्ने प्रतिबद्धता गरिएको छ ।
बैजनाथ गाउँपालिकाको आयोजना तथा बास नेपाल नेपालगन्जको सहजिकरणमा आज भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उक्त प्रतिबद्धता गरिएको हो ।
सुुनुवाईमा सरोकारवालाको रुपमा आसिन गाउँपालिका पदाधिकारी तथा कर्मचारी र सहभागिहरु बिच भएको दोहोरो प्रश्नोत्तर पश्चात गरिएका प्रतिबद्धताहरुमा वैजनाथ वडा नम्बर ५ र ६ जोड्ने पुल निर्माणका लागि पहल गर्ने, वडा नम्बर ६ मा रहेको खानेपानी ट्याकी सञ्चालन तथा संरक्षणका लागि पहल गर्ने, पालिकाद्धारा गरिने बजार अनुगमन प्रभावकारि नभएको कुरालाई स्विकार गर्दै अनुगमन प्रभावकारी बनाउने र बजार अनुगमन सम्बन्धि प्रष्ट निति बनाई अघि बढ्ने, वडा नम्बर ६ र ८ मा रहेको दोन्द्रानालामा चालु आर्थिक बर्षमा पुल निर्माण गर्न पहल गर्ने, गाँउपालिकाका दृष्टिविहिन हिरा बुढा लगायतलाई बासको व्यवस्था मिलाउन पहल गर्ने, वैजनाथ वडा नम्बर २ जब्दहवाको सडक मर्मत सम्हार गर्ने, वडा नम्बर ५ को उद्धवको घर देखि सिंह भवानीको घर सम्मको बाटो निर्माण गर्ने, वडा नम्बर ३ मा आवश्यक पर्ने पुल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता गरिएको छ ।


यसरी गरिएको साझाँ सार्वजनिक प्रतिबद्धताहरुलाई कार्यक्रमका सरोकारवाला र सहभागिले तालि बजाएर अनुमनेदन गरेका थिए । जारी गरिएका प्रतिबद्धतामा गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल, निमित्त प्रमुख प्रशासकिय अधिकृत तप्त राज आचार्य, वडा नम्बर १ का अध्यक्ष रुप बहादुर मल्ल, २ का अध्यक्ष प्रेम बहादुर थापा, वडा नम्बर ३ का अध्यक्ष राम चरण थारु, वडा नम्बर ४ का अध्यक्ष कालि बहादुर सिंह, वडा नम्बर ५ का अध्यक्ष मन बहादुर खत्री, वडा नम्बर ६ का अध्यक्ष भद्र बहादुर बस्नेत, वडा नम्बर ७ का अध्यक्ष सिताराम थारु लगायत कार्यपालिका सदस्य र शाखा प्रमुखहरुले गरेका थिए ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको सुनुवाईको शुरुवातमा गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८ मा गरेका क्रियाकलाप तथा मुख्य उपलब्धीका बारेमा प्रमुख जवाफदेहि बक्ता गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले जानकारी गराएका थिए । सो क्रममा अध्यक्ष रुचालले सार्वजनिक सुनुवाईले सेवा प्रदायक निकाय र सेवाग्राही विचको सम्बन्ध लाई थप उर्जा दिने बताएका थिए । गाउँपालिकाले मुस्कान सहितको सेवा प्रदान गरिरहेको बताए । उनले दशै सम्म भूमिहिन सुकुम्बासिलाई लालपुर्जा वितरण गर्ने अभियानमा गाउँपालिका रहेको बताएका थिए ।
बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले स्वागत गरेको सुनुवाईमा नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत पत्रको नतिजा घोषणा बासका कार्यक्रम संयोजक रबिन्द्र बोहराले गरेका थिए । सुनुवाईमा २०० बढी स्थानीयहरुको सहभागिता रहेको थियो ।

  • १० श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech