स्यानिटरी प्याड बनाउने सीप सिक्दै किशोरी

असल शासन प्रतिनिधि

बर्दिया/जिल्लाको राजापुर, बाँसगढी, गुलरिया र बढैयाताल गाउँपालिका का ८० जना किशोरीले महिनावारीको समयमा प्रयोग गरिने घरेलु कटन प्याड बनाउने सीप सिकेका छन् । किशोरीहरुको महिनावारी स्वच्छतालाई टेवा पु¥याउनका लागि ४ वटा पालिकामा २ दिने घरेलु कपडा कटन प्याड बनाउने सीप प्रदान गरिएको हो ।

बजारमा पाइने स्यानिटरी प्याड भन्दा घरमै निर्माण गरिएको स्यानिटरी प्याड बढी प्रभावकारी हुने र खर्च पनि कम लाग्ने र किशोरीहरुको महिनावारी स्वच्छता व्यवस्थापनका लागि सीप उपलब्ध गराइएको फिल्ड अधिकृत चन्द्रमाया खनालले बताइन् ।
घरमै निर्माण गरिएको प्याडलाई सहि तरिकाले प्रयोग गरे १० वटा प्याडले ५ वर्षसम्म काम गर्ने प्रशिक्षक अनिता विष्टले जानकारी दिइन् ।
गुलरिया–११ कि रिमा थारुले आफूले पहिलोपटक घरमै कपडाको प्याड बनाउन सकिनेबारे सिप सिकेको र अब बजारमा पाइने प्याड भन्दा घरमै निर्माण गरेर प्रयोग गर्ने बताइन् ।

प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप) बाँकेको साझेदारीमा बर्दिया जिल्लाको राजापुर, बढैयाताल, बाँसगढी र गुलरियामा बालविवाह, छिटो विवाह र जबरजस्ती विवाह रोकथाम परियोजना सञ्चालन गर्दै आइरहेको छ ।

 

  • १४ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech