सेल्फी खिच्ने क्रममा बन्दुक पड्कीदा युवतिको मृत्यु

असल शासन प्रतिनिधि

असल शासन डेस्क / गोली भरीएको बन्दुकसँग सेल्फी खिच्ने क्रममा एउटा युवतिको मृत्यु भएको छ ।
भारतको उत्तर प्रदेशकी २६ वर्षिया राधिका गुप्ताले सेल्फी खिच्ने क्रममा गोली भरिएको बन्दुकको ट्रिगर झुक्किएर थिच्दा बन्दुक पड्कीएर उनको निधन भएको हो । जानकारी अनुसार राधिकाले ससुराको बन्दुकसँग धेरैवटा सेल्फी यस अघि पनि खिच्दै आएकी थिईन् । पड्कीएको बन्दुकको गोलीले उनको घाँटीमा ठूलो घाउँ बनेपछि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो तर केही समय पछि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । मृतक महिलाले दुई महिना अगाडी मात्रै विवाह गरेको बुझिएको छ ।

  • १४ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech