एका विहानै मन्दिर सरसफाईमा जुटे युवा

असल शासन प्रतिनिधि

नेपालगन्ज / बास स्वयम् सेवक समुहले नेपालगन्जको प्रशिद्ध शक्ति पिठ बागेश्वरी मन्दिर परिसरको सरसफाई गरेको छ ।
स्वच्छ र सफा शहर हामी सबैको रहर भन्ने मुल नाराका साथ शुरुवात गरिएको अभियान अन्तरगत आज मन्दिर परिसरको सरसफाई गरेको
हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ मा अवस्थित मन्दिरको विहान ६ बजे सरसफाई गरिएको थियो । उक्त क्रममा बागेश्वरी मन्दिर परिसर भित्र रहेका विभिन्न मन्दिरहरु, मन्दिर परिसरसँगै रहेको पार्कको सरसफाई गरिएको थियो । उक्त सरसफाई कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष सुनिल सिंह हमाल, बासका निर्देशक हेमराज भट्ट, कार्यक्रम संयोजक रबिन्द्र बोहरा, जन सम्पर्क अधिकृत मुना बिष्ट, कार्यक्रम अधिकृत शुद्ध प्रसाद चौधरी, सहजकर्ता शोभा थापा मगर, सरसफाई कार्यक्रम संयोजक शुसिला थारु, नेपाल प्रहरी सहित २० बढी स्वयम् सेवकको सहभागिता रहेको थियो । यस अघि बास स्वयम् सेवा समुहको आयोजनामा साउन ९ गते नेपालगन्ज २० राझाँ चौकमा रहेको सद्भाव वाटिकाको सरसफाई गरिएको थियो ।

  • १६ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech