कर्णाली नदीमा डुङ्गा दुर्घटना, एकको निधन, तीन बेपत्ता

असल शासन प्रतिनिधि

कैलाली/कर्णाली नदीमा डुङ्गा पल्टिँदा एक जनाको निधन भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ मा रहेको स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा डुङ्गा पल्टिएको हो ।

नदीमा डुङ्गा पल्टिँदा भएकी मोहन्याल ३ की १९ वर्षीया धनसरा सलामीमगरको उपचारका लागि लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । उनका एक महिनाका छोरा कर्ण सलामी पनि गम्भीर घाइते भएका छन् । बेपत्ता हुनेमा मोहन्याल–३ की २० वर्षीया उर्मिला सलामीमगर, उर्मिलाको १० दिनको शिशु र स्थानीय २० वर्षीया पार्वती थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताए । 

त्यस्तै डुङ्गामा १० जना सवार रहेकामा पाँच जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएकाको खोजीका लागि इलाका प्रहरी कार्यालय सुगरखालको टोली घटनास्थलमा खटिएको जनाइएको छ । यहाँ सहजरूपमा आवागमनका लागि पुलको व्यवस्था नहुँदा नागरिक जोखिम यात्रा गर्न बाध्य छन् ।

  • १७ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech