नेपालगन्जमा अनिवार्य मास्क अभियान

गणेशमान चौकमा बासको संयोजनमा तपाईको मास्क खोई सन्देस मुलक प्लेकार्य सहित मास्क लगाउन अनुरोध गर्दै बास आबद्ध युवा

असल शासन प्रतिनिधि

नेपालगन्ज / कोभिड १९ बिरुद्ध अनिवार्य मास्क अभियान अन्तरगत बासले नेपालगन्जको गणेशमान चौकमा तपाईको मास्क खोई अभियान सञ्चालन गरेको छ ।
सोमबार विहान ७ :४५ बजे देखि सञ्चालन भएको अभियानमा बासका पदाधिकारी, कर्मचारी, स्वयम् सेवक सहित विभिन्न संघसंस्थाका प्रतिनिधि, ट्रापिक प्रहरी, नेपाल प्रहरी सहित स्थानीय युवाहरुले स्वस्फूर्त अभियानमा सहभागिता जनाएका थिए । अभियानमा सहभागि युवाहरुले हात हातमा तपाईको मास्क खोई सन्देस मुलक प्लेकार्ड लिई मास्क नलगाएर ओहोर दोहोर गर्ने सवारी चालक तथा पैदल यात्रुहरुलाई रोकेर मास्क लगाउन अनुरोध गरेका थिए । उक्त अभियान अन्तरगत मास्क नलगाएका तथा नाक र मुख नछोपीने गरी मास्क लगाएका ब्यक्तिलाई मास्क राम्रोसँग लगाउन अनुरोध गरिएको थियो भने मास्क नै नभएका व्यक्तिलाई मास्क उपलब्ध गराएर मास्क लगाएपछि मात्रै छाडीएको थियो । झण्डै एक घण्टा बढी समय सञ्चालन गरिएको उक्त अभियानको क्रममा भेटीएका व्यक्तिसँग मास्क भएको तर खल्तिमा राखेर बिना मास्क हिड्ने गरेको पाईयो भने कतिपय मजदुरी गर्ने व्यक्तिहरुसँग मास्क नै नभएको पाईयो ।


पछिल्लो समय कोभिड सक्रमण पुनः बढ्न सक्ने आकलन भईरहेका बेला डिसिसिएमसि बाँके, जिल्ला प्रहरी, ट्राफिक प्रहरी, युनिसेफ नेपाल, बास नेपाल, नेपाल रेडक्रस सोसायटी बाँके, सामुदायिक प्रहरी लगायतले नेपालगन्जमा संयुक्त रुपमा शुक्रबार देखि अनिवार्य मास्क अभियान सञ्चालन गरेका थिए । सोही अभियान अन्तरगत दैनिक रुपमा अनिवार्य मास्कका बारेमा सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गरिदै आएका छन् ।


बासको संयोजनमा गणेशमान चौकमा भएको अनिवार्य मास्क अभियानमा बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह, ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका प्रमुख राजु भण्डारी, नेपाल रेडक्रस सोसायटी बाँकेका झवि शर्मा, हरित अभियन्ता हेमन्तराम काफ्ले, बासका केन्द्रीय सदस्य खेम बिष्ट, नोरी कुमारी चौधरी, बासका निर्देशक हेमराज भट्ट, बास स्वयम् सेवक संयोजक मुना बिष्ट सहित ३० बढी संघ संस्थाका प्रतिनिधि तथा युवाहरुको सहभागिता रहेको थियो । आज सोही समयमा नेपालगन्जको ट्राफिक चौक, धम्बोझि चौक लगायत मुख्य चौकहरुमा नेपाल रेडक्रस सोसायटी लगायतका संस्थाहरुले समेत अभियान सञ्चालन गरेका थिए ।

  • १८ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech