तेज बिक्रम मेची-महाकाली यात्रामा

असल शासन प्रतिनिधि

नेपालगञ्ज/तेज बिक्रम शाह सामाजिक अभियन्ता हुन् । बाँके नेपालगञ्ज निवासी शाहले बिभिन्न साहसिक कामहरु गर्दै आएका छन् । दुई दशक बढि देखि सामाजिक क्षेत्रमा क्रियाशिल शाह बाताबरणका क्षेत्रमा काम गर्ने संस्था ईन्प्रोकका संस्थापक अध्यक्ष हुन् । उनले सो संस्था मार्फत नेपालगञ्जमा बर्षाैं देखि भण्डारण गरिएको हानिकारक बिषादी बिसर्जनका लागि एक दशक संघर्ष गरेका थिए । उनको नेतृत्वमा भएको निरन्तरको आन्दोलन रुपी अभियानले मुर्त रुप लिदै जर्मन सरकारले उक्त बिषादी फिर्ता लिएको थियो । उक्त बिषादीको समयमा बिसर्जन नभएको भए नेपालगञ्जनैं तहस, नहस हुने अवस्था थियो ।

राजनीतिशास्त्रमा स्नात्तकोत्तर गरेका शाह गैसस महासंघ नेपाल बाँकेका पूर्ब अध्यक्ष समेत हुन् । उनले सामाजिक बिकृति बिरुद्ध लड्ने सामाजिक अभियन्ताको पहिचान बनाएका छन् । उमेरले ५६ बर्ष पुगेका शाहको जोशमा रत्तिभर कमि आएको छैन । उनी कुनै युवा भन्दा कम छैनन् । पछिल्लो तीन बर्ष यता उनको दैनिकि साईकिलिङसँग जोडिएको छ । लामो समय देखि शारिरिक तन्दरुस्तिका लागि दौडदै आएका शाह तीन बर्ष यता नियमित साईकिलिङमा छन् । हरेक क्षेत्रमा फरक पहिचान बनाउँदै आएका उनले छोटो समय भित्र साईकिलिङमा समेत फरक पहिचान बनाउन सफल भएका छन् । नेपालको सर्वाधिक साईकल चलाउने व्यक्तिहरुको समूहमा आफुलाई दर्ज गर्न उनी सफल भएका छन् ।

साईकल मार्फत बाँके र बर्दियाका सबै जसो पर्यटकिय तथा धार्मिक स्थलहरुमा पुगिसकेका शाहले टु दि ठाकुरद्वारा लगायतका साईकल यात्रा गरिसकेका छन् भने ६ महिना अघि उनले एकै दिन नेपालगञ्जबाट टिकापुर हुँदै पुनः नेपालगञ्ज सम्मको २६० किलोमिटर साईकल यात्रा गरेका थिए । एक दिनमा ४०/५० किलो मिटर शाईकलमा यात्रा गर्दै आएका शाह हाल सम्म १० हजार बढि किलोमिटर साईकल यात्रा गरिसकेको बताउँछन् ।

उनै साहसिक साईकल यात्री शाहले आज साउन १८ गते देखि महाकाली, मेची शान्ति यात्रा शुरु गरेका छन् । कोभिड १९ बाट मृत्यु भएका नागरिकहरुको सम्झनामा महाकालिको दोधारा चाँदनीबाट उनले समवेदना एकल साईकिल यात्रा शुरु गरेका हुन् । २१ जिल्ला पार गरि पूर्बको मेचि पुलमा पुगेर यात्राको समापन हुने शाहले जानकारी दिएका छन् । पहिलो दिनको यात्रा दोधारा चाँदनी देखि टिकापुर सम्म १३५ किलोमिटरको हुने उनले बताए ।

११ दिने उक्त साईकल यात्रामा बास नेपाल, नेपालगन्ज उपमहानगरपालिका, एचसिआरसि अस्पताल, खजुरा गाउँ पालिका र आशिर्वाद पेन्ट्सको सहयोग रहेको छ ।

  • १८ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech