कोभिड प्रतिकार्यमा उत्कृष्ट तिन जनालाई सेनाको सम्मान

नेपाली सेना भैरब प्रसाद गणको १६४ औ बार्षिक उत्सवको अवसरमा स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत राम कुमार सोनकर र शिक्षक माधवी शाहलाई सम्मान गरेको हो ।

असल शासन प्रतिनिधि

नेपालगन्ज / कोरोना महामारिको समयमा उल्लेखनिय कार्य गरे वापत नेपालगन्जका तिन जनालाई नेपाली सेनाले सम्मान गरेको छ ।
नेपाली सेना भैरब प्रसाद गणको १६४ औ बार्षिक उत्सवको अवसरमा उत्तर पश्चिमपृतना हेड क्वाटर, निमारे व्यारेक सुर्खेतले स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत राम कुमार सोनकर र शिक्षक माधवी शाहलाई सम्मान गरेको हो ।


साउन १९ गते नेपालगन्जको राझाँ स्थित भैरव प्रसाद गणको सभाहलमा भएको कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको नेपाली सेनाले जनाएको छ । सो कार्यक्रममा बाँके र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका विशिष्ट ब्यक्ती लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थीति रहेको थियो ।

  • २० श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech