प्रहरी जवान शाही मृत भेटिए

असल शासन प्रतिनिधि

प्रहरी जवान शाही मृत भेटिए

धनगढी / सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीमा कार्यरत सशस्त्र प्रहरी जवान हरिश कुमार शाही मृत भेटिएका छन् ।
डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर १ स्थायी घर भएका ३१ वर्षीय शाही कार्यालय परिसर भित्र रहेको उत्तरतर्फको कम्पाउण्ड नजिक पानी जमेको स्थानमा उनको शब घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए । घट्नाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • २० श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech