नेपालगन्जमा आधारभुत उद्घोषण तालिम शुरु

असल शासन प्रतिनिधि

नेपालगन्ज  नेपालगन्जमा सात दिने आधारभुत उद्घोषण तालिम शुरु भएको छ ।
उद्घोषणमा रुचि भएका युवाहरुलाई लक्षित गरि सञ्चालन गरिएको तालिम बास नेपालको आयोजना तथा नेपालगन्ज ग्यालरीको सहकार्यमा सञ्चालीत छ । तालिमको उद्घाटन कार्यक्रममा तालिमका प्रशिक्षकहरुले सहभागिहरुलाई शुभकामना दिएका थिए । बासका कार्यक्रम संयोजक रबिन्द्र बोहराले सञ्चालन गरेको तालिमको उद्घाटन सत्रमा तालिमको कार्य तालिका बारे जानकारी गराईएको थियो । तालिमको पहिलो दिन प्रशिक्षक नमस्कार शाहले उद्घोषणको परिचय, पृष्ठभुमि र उद्घोषणको प्रश्तुतीकरणका बिषयमा प्रशिक्षण गरेका छन् ।


नेपालगन्जको स्वस्तिक कटेजमा सञ्चालीत तालिमका बासका कार्यकारी निर्देशक नमस्कार शाह, पत्रकार कमल बिके निर्मौही, हेमराज भट्ट, समिरमान श्रेष्ठ, मन भण्डारी, माधव अधिकारी र रमेश सिटौलाले सहजिकरण गर्ने छन् । तालिममा ४२ जना युवाहरुको सहभागिता रहेको छ ।

  • २० श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech