हात्तीको दाँतसहित तीन समातिए

असल शासन प्रतिनिधि

बाँके– हात्तीको दाँतसहित तीनजनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङस्थित बबई गाउँपालिका वडा नम्बर ५ बस्ने ५० वर्षीय दलबहादुर सुनार, बर्दिया जिल्ला बाँसगढी नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ८५ वर्षीय टिकाराम सुनार र सोही ठाउँका ४८ वर्षीय धनबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वन्यजन्तुको अंगको खरिद बिक्री भइरहेको विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुलाई जिल्लास्थित बैजनाथ गाउँपालिका वडा नम्बर ६ सम्झना चोकबाट हात्तीको २ वटा दाँतसहित पक्राउ गरेको हो ।

  • २१ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech