रोटरी क्लबद्वारा स्वास्थ्य उपकरण सहयोग

असल शासन प्रतिनिधि

नेपालगञ्ज/रोटरी क्लब अफ सेन्ट्रल नेपालगञ्जले बाँकेका बिभिन्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य उपकरण तथा सामाग्री सहयोग गरेको छ ।

रोटरी क्लब अफ काष्ठमण्डपको सहयोगमा रोटरी क्लब अफ सेन्ट्रल नेपालगञ्जले सो सामाग्री सहयोग गरेको हो ।

कोभिड १९ प्रतिकार्यका लागि रोटरी क्लब अफ सेन्ट्रल नेपालगञ्ज कार्यालय परिसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा नरैनापुर गाउँपालिकाको प्राथिमिक स्वास्थ्य केन्द्र, बनकटवा प्राथमिक स्वास्थ्य केन्द्र र खजुरा गाउँपालिकालाई स्वास्थ्य उपकरण सहयोग गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणा, बिशिष्ठ अतिथी बाँकेका प्रमुख जिल्ला अधिकारी शिबलाल गेलाल, रोटरी क्लब अफ काष्ठमण्डपका अध्यक्ष नेपाली सेनाका अवकाश प्राप्त जनरल नेपाल भुषण चन्दले स्वास्थ्य उपकरण हस्तान्तरण गरेका थिए ।नरैनापुर गाउँपालिकाको प्राथिमिक स्वास्थ्य केन्द्रलाई १ थान अक्सिजन कन्सन्ट्रेटर, ३ थान अक्सिजन सिलिण्डिर, १ थान स्टेप्लाईजर, बनकटवा प्राथमिक स्वास्थ्य केन्द्र, बैजनाथलाई १ थान अक्सिजन कन्सन्ट्रेटर, २ थान अक्सिजन सिलिण्डिर, १ थान स्टेप्लाईजर र खजुरा गाउँपालिकालाई १ थान अक्सिजन कन्सन्ट्रेट सहयोग प्रदान गरिएको थियो ।

१ थान अक्सिजन कन्सन्ट्रेटर रोटरी क्लब अफ धनगढिले उपब्ध गराएको हो भने अन्य स्वास्थ्य उपकरण रोटरी क्लब अफ काष्ठमण्डपले उपलब्ध गराएको हो । नरैनापुर गाउँपालिकाको प्राथिमिक स्वास्थ्य केन्द्रका ईञ्चार्ज डाक्टर शुर्य प्रकाश शाह, बनकटवा प्राथमिक स्वास्थ्य केन्द्रका एचए चन्द्र बहादुर खड्का र खजुरा गाउँपालिकाका अध्यक्ष किश्मत कुमार कक्षपतीले स्वास्थ्य सामाग्रि ग्रहण गरेका थिए ।

 क्लबका अध्यक्ष पुरन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले रोटरी क्लबबाट मानविय कार्य भईरहेको भन्दै प्रशंसा गरे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिबराम गेलालले कोभिड बिरुद्ध प्रतिकार्यका लागि गरिएको सहयोग महत्वपूर्ण भएको बताए । कार्यक्रममा रोटरी क्लब अफ काष्ठमण्डपका अध्यक्ष नेपाल भुषण चन्दले रोटरीका तर्फबाट मानविय कार्य निरन्तर भईरहेको बताए ।

कार्यक्रममा रोटरी क्लब अफ काष्ठमण्डपका सचिव प्रोफेसर डाक्टर मनोहरलाल श्रेष्ठ, पूर्ब अध्यक्ष निरञ्जन भट्राई, खजुरा गाउँपालिकाका अध्यक्ष किश्मत कुमार कक्षपती, लुम्विनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव भीम वली, भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाश नाग लगायतले बोलेका थिए ।

नोमिनि प्रिसिडेण्ट खड्क बोहराले स्वागत गरेको कार्यक्रम सचिव जीत बहादुर चौधरीले सञ्चालन गरेका थिए ।

दुई क्लब बिच सम्झौता :
यसै गरी कार्यक्रममा रोटरी क्लब अफ काष्ठमण्डप र रोटरी क्लब अफ सेन्ट्रल नेपालगञ्ज बिच साझेदारी सम्झौता पत्र आदान, प्रदान गरिएकोछ । रोटरी क्लब अफ काष्ठमण्डपका अध्यक्ष नेपाल भुषण चन्द र रोटरी क्लब अफ सेन्ट्रल नेपालगञ्जका अध्यक्ष पुरन थारुले सम्झौता पत्र आदान, प्रदान गरेका थिए ।

 

  • २२ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech