मान्छेको खुट्टा सडकमा

असल शासन प्रतिनिधि

मान्छेको खुट्टा सडकमा

नेपालगन्ज / नेपालगन्ज मेडिकल कलेज पछाडी रहेको आँप बगिया नजिक मान्छेको काट्टिएको खुट्टा भेटिएको छ ।
क्षतबिक्षत अवस्थामा रहेको काटिएको खुट्टा शनिबार बिहान भेट्टिएको हो ।
स्थानीयले खुट्टा फालिएको अवस्थामा भेटिएको जानकारी प्रहरीलाई गराएपछी प्रहरीले सो खुट्टा उठाएको छ ।
जानकारी अनुसार, हिजो नेपालगन्ज भन्सार नजिक भएको सडक दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा हिजो राती नेपालगन्ज मेडिकल कलेजमा सल्यक्रिया गर्दा खुट्टा काट्नु परेको थियो । सोही काटिएको खुट्टा चरम लापरबाही गर्दै आँप बगियामा फालिएको बुझिएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल जस्तो जिम्मेवार अस्पतालबाट भएको यो त्रुटीलाई चरम लापरबाहीको पराकाष्ठा भएको अधिकारकर्मीहरुले बताएका छन् ।
खुटा उठाउँदै गर्दा भेटिएका बुद्ध मेडिकल हलको सन्चालक बताउने एक व्यक्तिले अपरिचित व्यक्तिको दुर्घटना हुँदा निस्वार्थ भावनाले ७५ हजार रकम शल्यक्रियाका लागि सहयोग गरेको बताए । उनले शल्यक्रिया गरेर काटिएको खुट्टा अस्पतालले व्यवस्थापन नगरे पछि बाध्य भएर आफै लगेर आँप बगियामा फालेको उनले बताए । आफुले गल्ती गरेको समेत उनले स्विकार गरे ।

  • २३ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech