नाईस नेपालगन्जको दोश्रो बार्षिकोत्सब भब्य

लागुऔषध बिरुद्धका अभियन्ता अभिराज क्षेत्रीलाई पहिलो नाईस अवार्ड

असल शासन प्रतिनिधि

नेपालगन्ज / राम्रो काम गर्ने व्यक्तिलाई सम्मान गरि नाईस नेपालगन्जले एक असल संस्कारको बिकास गरेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले बताएका छन् ।
नाईस नेपालगन्जको आज सम्पन्न दोश्रो बार्षिकोत्सब तथा Nice Award 2021 समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख राणाले यस्तो बताएका हुन् । राम्रो काम गर्ने व्यक्ति वा संस्था जो सुकै भए पनि सबैले सहयोग तथा समर्थन गर्नुपर्ने उनले बताए । नाईस नेपालगन्जले नेपालगन्जसँगको साझेदारीका सरसफाई कार्यक्रममा गरिरहेको भन्दै नेपालगन्ज उपमहानगरपालिकाको सुन्दरताका लागि गरेको सहकार्यको प्रशंसा गरे । नाईसले गर्ने कामहरुमा उपमहानगरपालिकाले सहयोग गर्ने उनले बताए । यसैगरी कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नाईसले नाम अनुसारको राम्रो कामको शुरुवात गरेकोमा खुसी लागेको बताए । राम्रो काम गर्ने व्यक्तिलाई सम्मान गर्दा उसले थप जिम्मेवारी बोधका साथ काम गर्ने भन्दै अन्य सरोकारवालाहरुले समेत यस्तो कार्यको अनुसरण गर्नुपर्नेमा उनको जोड थियो ।


नाईस नेपालगन्जका सचिब हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा स्वागत नाईसका सदस्य मुना बिष्टले गरेका थिए । कार्यक्रमको उद्धेश्यसँगै नाईस अवार्डका बारेमा जानकारी तथा Nice Award 2021 घोषण नाईसका अध्यक्ष नमस्कार शाहले गरेसँगै लागु औषध दूब्यसनी बिरुद्धका अभियन्ता अभिराज क्षेत्रीलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।

नाईस नेपालगन्जमा अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा, अतिथिहरु बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी नायब उपक्षिक मधु सुधन न्यौपाने, प्रकाश मेडीकल हलका प्रमुख फिजिसियन डा. प्रकाश नाग, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशी, बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, रक्षक सेक्युरिटिजका प्रमुख जय नारायण शाह, सन नेपाल लाईफ इन्सोरेन्सका प्रबन्धक कमल शाही, हरित अभियन्ता हेमन्तराम काफ्ले, गैससस महासँघ बाँकेका सदस्य लोक बहादुर परियार लगायतको उपस्थिती रहेको थियो । बार्षिकोत्सबको अवसरमा नाईस अवार्डमा सहकार्य गर्ने डा प्रकाश नागलाई सम्मान पत्रद्धारा सम्मानीत गरिएको छ ।


अभिराजलाई Nice Award 2021 प्रदान
लागु औषध दूब्यसन बिरुद्धका अभियन्ता अभिराज क्षेत्रीलाई Nice Award 2021 प्रदान गरिएको छ ।


नाईस नेपालगन्जले प्रकाश मेडिकल हलको सहकार्यमा शुरु गरेको प्रथम Nice Award 2021 क्षेत्री प्राप्त गर्न सफल भएका हुन् । लागु औषध दूक्यसनि बिरुद्ध लामो समय देखि काम गर्दै आएका उनलाई उत्कृष्ट कार्य गरेवागत उक्त सम्मान प्रदान गरिएको हो । नाईसको दोश्रो बार्षिकोत्सबको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा धवल शम्शेर राणा, अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र प्रकाश मेडिकल हलका प्रमुख फिजिसियन डा. प्रकाश नागले खादा, सम्मान पत्र, ट्रफि तथा नगद १० हजार सहित सम्मान गरिएको थियो ।


सम्मान ग्रहण पश्चात बोल्दै सम्मानित अभिराज क्षेत्रीले नाई अवार्ड बाट भएको सम्मानले लागु औषध दूव्यसन बिरुद्धको अभियानमा थप सशक्त रुपमा लाग्न अभिप्रेरीत गर्ने बताए । उनले नाईले प्रदान गरेको अवार्डका लागि धन्यबाद ज्ञापन गरे । सम्मान प्रदान पश्चात बोल्दै अवार्डमा सहकार्य गर्ने प्रकाश मेडिकल हलमा प्रमुख डा प्रकाश नागले नाईसले गरिरहेको कामहरु प्रति प्रभावित भएर नाईस अवार्डमा सहकार्य गरेको बताए । उनले समाजमा राम्रो काम गर्ने व्यक्ति तथा संस्थालाई सबैले सम्मान गर्ने संस्कारको बिकास गर्नुपर्नेमा जोड दिए ।

  • २३ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech