बास रुपन्देहीद्धारा भैरहवामा अनिवार्य मास्क अभियान

असल शासन प्रतिनिधि

बुटबल / बास रुपन्देही शाखाले आईतबार देखि रुपन्देहीको भैरहवामा अनिवार्य मास्क अभियान सञ्चालन गरेको छ ।
नाक, मुख पूर्ण रुपमा छोपीने गरी मास्क लगाऔं आफु र अरुको जिवन बचाऔं भन्ने नाराका साथ भैरहवाको बुद्धचौकबाट अभियानको शुरुवात गरिएको छ ।

विना मास्क सडकमा आवत जावत गर्ने सवारी चालक तथा पैदल यात्रुहरुलाई समेत ध्यानमा राखि सञ्चालन गरिएको अभियान अन्तरगत मास्क लगाउन अपिल गर्ने र मास्क नभएकालाई मास्क दिएर मात्रै हिडडुल गर्न अनुरोध गर्ने गरी अभियान सञ्चालन गरिएको बास रुपन्देही शाखाका अध्यक्ष बिरेन्द्र गुप्ताले बताए । नेपालमा पुनः कोभिड सक्रमण बढ्ने आकलनका बिच हरेक ब्यक्तिलाई मास्क लगाउन अभिपैरित गर्ने र आम नागरिकहरुमा मास्कको महत्वका बारेमा जनचेतना जगाउन विभिन्न संघ सस्था तथा निकायको समन्वयमा अभियान अगाडी बढाउने योजना रहेको बास रुपन्देहीकी कार्यकारी निर्देशक विजया खत्रीले बताईन् ।
आज शुरु भएको अभियानमा अधिवक्ता सुनिल त्रिपाठी, समाज सेवी दिपक कौशल, कोबिट हिरो बाट समानित अरिफ हुसेन, बास रुपन्देही का सलकार चन्दभक्त श्रेष्ठ, बास रुपन्देहीका अध्यक्ष बिरेन्द्र गुप्ता, कार्यकारी निर्देशक बिजया खत्री, सदस्य प्रकाश ढाडि, प्रहरी सहायक निरिक्षक कर्ण बहादुर रसाली, युवा आमिर खान लगायत युवाहरुको उपस्थिती रहेको थियो ।

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech