नेपाल मास्क अभियान नेपालगन्जमा

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपाल सरकारले सञ्चालन गरेको नेपाल मास्क अभियान नेपालगन्जमा शुरु गरिएको छ ।
कोरोना भाईरसबाट बच्नका लागि हामी सबैले मास्कको प्रयोग गरौं नारा सहित स्वास्थ्य कार्यालय बाँकेले बास नेपाल नेपालगन्जको सहकार्यमा उक्त अभियान सञ्चालन गरेको छ ।


अभियान अन्तरगत नेपालगन्जका मुख्य स्थानहरुमा गई दैनिक रुपमा हरेक व्यक्तिलाई मास्कको प्रयोग गर्न अपिल गर्ने र मास्क नभएका व्यक्तिहरुलाई मास्क उपलब्ध गराउने कार्यक्रम रहेको छ । अभियान अन्तरगत आज नेपालगन्जको बिपि चौकमा बिहान ८ बजे देखि १ घण्टा मास्क अभियान सञ्चालन गरिएको थियो । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहको अगुवाईमा भएको अभियान अन्तरगत सवारी चालकहरुलाई मास्क लगाउन अनुरोध गर्ने तथा मास्क नलगाई हिडिरहेका १ हजार बढीलाई मास्क उपलब्ध गराईएको थियो ।


अभियानमा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह लगायत कर्मचारीहरु, बासका कार्यकारी निर्देशक तथा गैसस महासँघ बाँकेका अध्यक्ष नमस्कार शाह, निर्वतमान अध्यक्ष मन भण्डारी, निर्देशक हेमराज भट्ट, कार्यक्रम संयोजक रबिन्द्र बोहरा, कार्यक्रम अधिकृत शुद्ध प्रशाद चौधरी लगायत १५ बढी युवाहरु, नेपाल प्रहरी लगायतको सहभागिता रहेको थियो ।
नेपाल मास्क अभियान अन्तरगत साउन २५ गते बिहान ८ बजे नेपालगन्जको धम्बोझि चौकमा मास्क अभियान सञ्चालन गर्ने र उक्त अभियानमा सबैलाई सहभागि भईदिन स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले अपिल गरेका छन् । नेपाल सरकारले साउन २३ गते देखि २९ गते सम्म देश ब्यापी नेपाल मास्क अभियान सञ्चालनको घोषणा गरेको छ ।

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech