अध्यक्ष शाहले जन्मदिनमा गरे सामाग्री सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज / जन्म दिनको अवसरमा बर्षेनी सामाजिक कार्य गर्दै आएका बासका कार्यकारी निर्देशक नमस्कार शाहले यस बर्ष विभिन्न संस्थाहरुलाई सामाग्री सहयोग गरेका छन् ।
साउन २३ गते जन्मदिनको अवसरमा गैसस महासँघ बाँके शाखाका अध्यक्ष समेत रहेका शाहले सामाग्री सहयोग गरेका हुन् ।
शनिवार शाहले महिला प्रहरी सेल नेपालगन्ज, समाज बिकास तथा प्रबर्द्धन केन्द्र नेपालगन्ज र कोहलपुर नगरपालिकाको शम्शेरगन्जमा कार्यालय स्थापना गरि काम गरिरहेको समाज सेवा संस्थालाई कुर्सी सहयोग गरेका छन् । उनले महिला प्रहरी सेललाई ७ थान, समाज बिकास प्रबर्द्धन केन्द्र नेपालगन्जलाई ७ थान र समाज सेवा संस्थालाई कार्य गर्न थप सहयोग पुगोस भन्ने उद्धेश्यले ६ थान गरि २० थान कुर्सी हस्तान्तरण गरिएको शाहले बताए । उक्त सहयोग महिला प्रहरी शेलकी हवल्दार कमला चौधरी, समाज सेवा संस्थाका अध्यक्ष विनोद थापा र समाज बिकास प्रबर्द्धन केन्द्रका अध्यक्ष मीन बहादुर अर्यालले ग्रहण गरेका थिए ।


केही बर्ष अगाडी मात्रै गैर सरकारी संस्थाको रुपमा दर्ता गरी सामाजिक कार्य थालेको संस्थालाई प्राप्त सहयोगले थप उत्प्रेरणा जागेको समाज सेवा संस्थाका अध्यक्ष बिनोद थापाले बताए । शाहले गर्ने सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह भएको उनले बताए ।

सहयोग हस्तान्तरणमा बासकी कार्यबाहक कोषाध्यक्ष दिला शाह, असल शासन मिडियाका प्रबन्ध निर्देशक तथा आर्शिवाद पेन्ट्स नेपालगन्जका प्रमुख किरण कार्की, बातावरण अभियन्ता हेमन्तराज काफ्ले लगायतको सहभागिता रहेको थियो । यस अघिका बर्षहरुमा समेत शाहले जन्म दिनको अवसरमा असहाय तथा विपन्न ब्यक्तिहरुलाई सहयोग गर्दै आएका छन् ।

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech