आशिर्वाद पेन्ट्सले मनायो बार्षिकोत्सव

असल शासन प्रतिनिधि

नेपालगञ्ज/आशिर्वाद पेन्ट्सले आफ्नो ९ औं बार्षिकोत्सव मनाएको छ ।

नेपालगञ्ज औद्योगिक क्षेत्र भित्र प्रधान कार्यालय रहेको आशिर्वादले कार्यालय परिसरमा बार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सवको अवसरमा पेन्ट्सका कार्यकारी अध्यक्ष किरण कार्कीले केक काटेका थिए ।

बार्षिकोत्सवको अवसरमा आशिर्वाद पेन्ट्स प्रा. लि. को परम्परा अनुरुप उत्कृष्ट कर्मचारीहरु समेत घोषणा गरि सम्मान गरिएको थियो ।

मासिक रुपमा उत्कृष्ठ कर्मचारी घोषणा गरि पुरस्कृत गर्दै आएको आशिर्वादले माघ देखि असाढ सम्मका उत्कृष्ठ कर्मचारीहरुलाई पुरस्कृत गरेको थियो ।

नरेश राना माघ, इब्राहिम अली साई फाल्गुन, दीपेन्द्र पौडेल चैत्र, प्रकाश खत्री बैशाख, राजन पासी जेष्ठ र प्रकाश घिमिरे अषाढ महिनाको उत्कृष्ठ कर्मचारीको रुपमा पुरस्कृत भएका छन् । पुरस्कृत कर्मचारीहरुलाई नगद पुरस्कार प्रदान गरिएको छ ।

साथै बर्ष भरिको कार्य सम्पादन मुल्याङ्कनको आधारमा दीपेन्द्र पौडेल ‘बर्ष कर्मचारी’ छनौट भएका छन् । पौडेललाई ५० हजार नगद पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी नरेश राना द्वितिय बर्ष कर्मचारी र प्रकाश घिमिरे तृतिय बर्ष कर्मचारीको रुपमा सम्मानित भएकाछन् । राना र घिमिरेलाई क्रमशः २५ हजार र १२ हजार ५ सय नगद पुरस्कार प्रदान गरिएको छ ।

बार्षिकोत्सवको अवसरमा कार्यकारी अध्यक्ष किरण कार्कीले सँग जोडीएर सफलताको सह–यात्री बन्नु भएका, प्रयोगकर्ता, बिक्रेता, आपुर्तिकर्ता, कर्मचारी एवम समस्त शुभ–चिन्तक प्रती आभार प्रकट गर्दै आगामी दिनहरुमा थप सहयोगको अपेक्षा गरेको बताए । उनले भने– ‘विश्वास’ गर्नुस तपाईंहरुको विश्वाशमा सधैं खरो उत्रने प्रयास रहने छ ।

 

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech