संघर्षको गाथा आशिर्वाद – अध्यक्ष कार्की

असल शासन प्रतिनिधि

किरण कार्की, आशिर्वाद पेन्ट्सका कार्यकारी अध्यक्ष हुन् । नेपालगञ्जको औद्योगिक क्षेत्रमा फ्याक्ट्रिसँगै प्रधान कार्यालय रहेको उक्त पेन्ट्सले नेपाल भर आफ्नो सञ्जाल बिस्तार गरिसकेको छ । पेन्ट्सले आफ्नो स्थापनाको ९ बर्ष पार गरेको छ । नवौं बार्षिकोत्सवको अवसरमा असल शासन अनलाईनद्वारा कार्यकारी अध्यक्ष कार्कीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।  :

आशिर्वाद पेन्ट्सले आफ्नो स्थापनाको ९ बर्ष पार गरेको छ ? कसरी बिते ९ बर्ष ?
– आशिर्वाद पेन्ट्सको ९ बर्षको यो यात्रा नितान्त संघर्षको गाथा हो । उधोग चलाऊने हुटहुटी अन्तर्मनमा जागेपछी जेनतेन २०६९ मा स्थापना त गरियो तर आर्थिक अभाव सधैं रह्यो । विविध बाधा पन्छाउँदै आजको दिनसम्म पुगिएको छ ।

आशिर्वाद पेन्ट्सका उत्पादन र सेवाहरु के, के हुन् ?
– समस्त नेपालीहरुका स्वप्निल घरहरुलाई खुशीका रंगहरुले रंगाउने लक्ष्यका साथ आशिर्वाद पेन्ट्सको स्थापना भएको हो । स्थापना कालदेखी अहिले सम्म ग्राहकहरुको क्रयशक्तिको आधारमा विविध रंगहरु उत्पादन गर्दै आएका छौँ । ग्राहकले तिरेको मुल्यमा पूर्ण सन्तुष्टी हुनेगरी सेवा प्रदान गरेका छौँ ।

आशिर्वाद पेन्ट्सले सेवाहरु हाल कहाँ, कहाँ सेवाहरु उपलब्ध गराईरहेको छ ?
आशिर्वाद पेन्ट्स पूर्ण नेपाली लगानीमा सञ्चालित विशुद्द नेपाली उद्योग हो । राष्ट्रियस्तरको बिक्री–बितरणको सन्जाल रहेको थोरै उधोग मध्येको एक आशिर्वाद पेन्ट्स पनि हो ।

यहाँहरुका सवल पक्षहरु के, के हुन् ? यहाँहरुको गुणस्तरियताको मापन कसरी गर्ने ?
हाम्रो सवल पक्ष भनेको समुचित मुल्यमा उच्च गुणस्तरनै हो । आशिर्वादका उत्पादनहरु बहु–राष्ट्रिय कम्पनी सरहका छन हामी गुणस्तरमा सम्झौता गर्दैनौ । सन्तुष्ट ग्राहकहरुको हामी प्रतिको सकारात्मक दृष्टिकोण नै गुणस्तरको मापन हो ।

भावि यहाँहरुको रणनीति के छ ?
आगामी योजना त धेरै छन, आजको मितिमा काठमाडौं र भैरहवामा गोदाम सहितको कार्यालय र उत्पादन ईकाइ नेपालगन्जमा मात्र रहेको छ यसले मात्र देशभरको माग पुर्याउन गार्हो भएको छ । तसर्थ भैरहवामा अर्को अत्याधुनिक उत्पादन ईकाइ थप्ने योजना छ ।

 

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech