लाखौं मुल्यको सुपरपावर बरामद

असल शासन प्रतिनिधि

नेपालगन्ज / अवैध रुपमा भन्सार छली ल्याएको लाखौ मुल्य पर्ने सुपर पावर सुर्ती नेपाल प्रहरीले बरामत गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा साउन २४ गते वेवारिसे अवस्थामा प्रहरीले वरामद गरेको हो । प्रहरीले दिएको जानकारी अनुसार उक्त सुपर पावर झण्डै दुई लाख दश हजार मुल्य बराबरको रहेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले यसरी बरामद गरेको सुपरपावर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाएकोे बताएको छ ।

  • २६ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech