फेडोद्वारा दुइ दिने तालिम सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज/ स्थानीय सरकारको नीति, वजेट तथा कार्यक्रम विषयक दुइ दिने तालिम बिहिबार सम्पन्न भएको छ । डिसिएको सहयोगमा दलित महिला संघ (फेडो) बाँके द्वारा सञ्चालित दलित तथा सिमान्तकृत समुदायका महिलाहरुको स्रोत र सेवा प्रवाहमा पहुँच अभिबृद्धी कार्यक्रम अन्र्तगत साउन २७ गते देखि सुरु भएको सो तालिम बिहिबार समापन भएको हो ।

स्थानीय सरकारको वार्षिक नीति, वजेट, कार्यक्रम तथा योजना तर्जुमा प्रक्रिया र योजना तर्जुमा प्रक्रियामा जनसहभागिता अभिबृद्धी गर्ने उद्देश्ले सञ्चालित तालिममा डुडुवा गाउँपालिका भित्रका बिभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको फेडो बाँकेकी अध्यक्ष निर्मला सुनारले बताइन् । दुइ दिन सम्म चलेको तालिममा गाउँ कार्यपालिका सदस्य, वडा सदस्यहरु, बिभिन्न बिषयगत समितिका संयोजक, विषयगत शाखाका प्रमुखहरु, डुडुवा दलित महिला सञ्जालका अगुवा महिलाहरु, लगायतको सहभागिता रहेको सुनारको भनाइ छ ।

तालिममा प्रशिक्षक पुर्ण चन्द्र उपाध्यायले स्थानीय सरकारको नीती, वजेट तथा योजना तर्जुमा प्रक्रिया, योजना तर्जुमामा दलित महिला सदस्यको भुमिका, स्थानीय स्रोत र सेवा प्रवाहमा दलित महिलाहरुको पहुँच, योजना तुर्जमा प्रक्रियाका चरण, आधार लगायतका विषयमा प्रशिक्षण दिएका थिए । दलित महिला संघ फेडो बाँकेकी कार्यक्रम संयोजक दिलिसा गौतमले सञ्चालन गरेको समापन कार्यक्रम फेडो बाँकेकी अध्यक्ष निर्मला सुनारले समापन गरेकी गरेकी थिइन् । कार्यक्रम बाँकेको खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकामा सञ्चालित छ ।

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech