बाँकेमा अन्तराष्ट्रिय युवा दिवस २०२१ मनाईयो

रक्तदान, अनिवार्य मास्क अभियान, स्वास्थ्य सामाग्री वितरण लगायत जिल्लाभर कार्यक्रम

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँकेमा विभिन्न कार्यक्रम गरि अन्तराष्ट्रिय युवा दिवस मनाईएको छ ।
खाद्य प्रणालीमा रुपान्तरण : मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन भन्ने मुल नाराका साथ मनाईएको युवा दिवसको अवसरमा नेपालगन्जमा आज रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपालगन्ज स्थित भेरी अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसायटि रक्त सञ्चार केन्द्रमा भएको उक्तदान कार्यक्रममा दुई दर्जन बढीले रगतदात गरेका छन् । विहान ८ बजे देखि शुरु भएको रक्तदान कार्यक्रमको गैर सरकारी संस्था महासँघ बाँके शाखाका अध्यक्ष नमस्कार शाह र जिल्ला युवा क्लब सञ्जाल बाँकेका अध्यक्ष आशिष बर्माले उद्घाटन गरेका
थिए । यसरी गरिएको रक्तदानमा बासका निर्वतमान अध्यक्ष मन भण्डारी, मानवता नेपालका अध्यक्ष अम्विका काफ्ले, सचिब कमल शाही, एसडिएफका राम श्रेष्ठ, बाँके खजुराकी बिमला परियार, बासकी श्रुती चौधरी लगायत २४ बढीले रक्तदान गरेका छन् ।


रक्तदान कार्यक्रम जिल्ला युवा क्लब सञ्जाल बाँके, बास नेपाल, गैर सरकारी संस्था महासँघ नेपाल बाँके, नेपालगन्ज उपमहानगरपालिका १२ नम्बर वडा कार्यालय, एसडिएफ बाँके, माईति नेपाल, नेपाल रेडक्रस सोसायटी, बाँके युनेश्को क्लब, मानवता नेपाल, नाईस नेपालगन्ज, माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि र सिनर्जी ग्रुपको संयुक्त आयोजनामा भएको थियो ।


दिवसको अवसरमा अनिवार्य मास्क अभियान
अन्तरष्टिय दिवस २०२१ को अवसरमा आज नेपालगन्जमा अनिवार्य मास्क अभियान सञ्चालन भएको छ ।
कोभिड १९ बिरुद्ध अनिवार्य मास्क लगाउ, नाक मुख पूर्ण रुपमा छोपिने गरी मास्क लगाऔं आफु र अरुको जीवन बचाऔं, मास्क लगाऔं जिवन बचाऔं, तपाईको मास्क खोई लगायत नारा अंकित प्लेकार्ड सहित नेपालगन्जको भेरी अस्पताल अगाडी मास्क अभियान सञ्चालन गरिएको थियो । सो क्रममा सो सडक खण्डमा मास्क विना नै आवत जावत गर्ने सवारी चालक तथा पैदल यात्रीहरुलाई मास्क वितरण गरिएको थियो ।


अनिवार्य मास्क अभियान स्वास्थ्य कार्यालय बाँके, बास नेपाल, जिल्ला युवा क्लब सञ्जाल बाँके, गैर सरकारी संस्था महासँघ नेपाल बाँके, नेपालगन्ज उपमहानगरपालिका १२ नम्बर वडा कार्यालय, एसडिएफ बाँके, माईति नेपाल, नेपाल रेडक्रस सोसायटी, बाँके युनेश्को क्लब, मानवता नेपाल, नाईस नेपालगन्ज, माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि र सिनर्जी ग्रुपको संयुक्त आयोजनामा भएको थियो ।
श्रोत विद्यालयमा अध्ययनरत युवा तथा बालबालिकालाई स्वास्थ्य सामाग्री वितरण
अन्तराष्टिय युवा दिवस २०२१ को अवसरमा आज नेपालगन्ज स्थित बाँके नेत्रहिन संघमा रहेका २० जना युवा तथा बालवालिकाहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।


श्रोत विद्यालयमा अध्ययनरत युवा तथा बालवालिकाहरुका लागि उक्त स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । कोभिड १९ बाट बच्न व्यक्तिगत सावधानिकालागि एक हजार थान सर्जिकल मास्क र ५ लिटर सेनिटाईजर हस्तान्तरण गरिएको हो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम सेभ द चिल्ड्रेन, एसडिएफ बाँके, जिल्ला युवा क्लब सञ्जाल बाँके, बास नेपाल नेपालगन्ज, बाँके युनेश्को क्लब, गैर सरकारी संस्था महासँघ नेपाल बाँके शाखा र माईति नेपालको संयुत्त आयोजनामा भएको थियो ।
यसैगरी युवा दिवसको अवसरमा जिल्लाका सबै पालिकामा अनलाईन अन्तरक्रिया, मास्क अभियान, युवाहरुसँग छलफल तथा अन्तरक्रिया, सरसफाई तथा बृक्षारोपण लगायत कार्यक्रम गरि युवा दिवस मनाईएको छ । बाँकेमा झण्डै बिगत एक दशकदेखि युवा दिवसलाई सबै संघ संस्थाहरुले संयुक्त रुपमा मनाउदै आएका छन् ।

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech