खजुरा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ६ बुदें प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगन्ज / खजुरा गाउँपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई बासको सहजिकरणमा श्रावण २७ गते सम्पन्न भएको छ ।
खजुरा गाउँपालिकाको मिनिपार्कमा सम्पन्न सार्वजनिक सुनुवाईले गाउँपालिकाको विभिन्न विकासका बिषयमा ६ बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गरेको छ । यसरी गरिएका प्रतिबद्धताहरुमा गाउँपालिका भित्र सञ्चालीत योजना तथा कार्यक्रमको अनुगमनमा ढिलासुस्ति भएको भन्ने गुनासो आएकाले सो कुरा स्विकार गर्दै प्रभावकारि अनुगमन प्रणाली अवलम्बन गर्ने, खजुरालाई खेलकुद हवको रुपमा स्थापित गर्न पूर्वाधार सँगै खेलाडी उत्पादनमा जोड दिने र पालिका भित्रमा खेलसँग सम्बन्धित क्लबहरुको कार्य मुल्यांकनका आधारमा प्राथमिकिकरण गर्ने, गाउँपालिकाका पदाधिकारी र कर्मचारीहरुले प्रगोग गर्दै आएका सवारी साधन को सहि प्रयोगमा ध्यान दिने, गाउँपालिकाको फजुल खर्चलाई नियन्त्रण गर्ने, लक्षित बर्ग उत्थान कार्यक्रमलाई थप प्रभावकारि रुपमा अगाडी बढाउने, खजुरा क्याम्पस जाने बाटोमा खाल्टो र हिलाम्य बाटोका कारण बिद्यार्थीहरुलाई आवतजावत गर्न समस्या भईरहेको पाईएकाले उक्त समस्या तत्काल समाधान गर्ने र खजुरा स्थित चारपाते क्लबको जग्गाका बिषयमा फरक फरक मत आएकाले तत्काल सो बिषय सम्बोधन गरी जग्गाको उपयोग गर्ने प्रतिबद्धता गरिएको छ ।


यसरी गरिएको प्रतिबद्धतामा गाउँपालिकाका अध्यक्ष तथा सुनुवाईमा प्रमुख जवाफदेहि बक्ताको रुपमा आसिन किस्मत कुमार कक्षपति, उपाध्यक्ष एक माया बिक, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, शाखा प्रमुखहरुले हस्ताक्षर गरेका थिए ।
बासका निवर्तमान अध्यक्ष मन भण्डारीले सहजिकरण गरेको सुनुवाईको शुरुवातमा गाउँपालिकाले आर्थिक बर्ष २०७७÷०७८ मा गरेका क्रियाकलापहरु तथा मुख्य उपलब्धीका बारेमा गाँउपालिका अध्यक्ष कक्षपतिले जानकारी गराएका थिए । सुनुवाईमा बासका कार्यक्रम संयोजक रबिन्द्र बोहराले बासले गरेको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा सार्वजनिकीकरण गरेका थिए । सुनुवाईमा २०० बढीको सहभागिता रहेको थियो ।

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech