गैससहरुको समिक्षा बैठक सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्ज उपमहानगर क्षेत्र भित्र कार्यरत गैससहरुको समिक्षा बैठक सम्पन्न भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा सो बैठक साउन ३२ गते सम्पन्न भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका अन्र्तगत रहेको गैसस समन्वय समितिको आयोजनामा श्रावण ३२ गते सम्पन्न बैठकमा नेपालगञ्ज उपमहानगर क्षेत्रमा कार्यरत ४० बढि गैससका प्रतिनिधिहरुले गत आ.ब.को प्रगति समिक्षा तथा चालु आ.ब.को बार्षिक कार्ययोजना प्रश्तुत गरेका थिए ।

उपमहानगरपालिकाका कार्यबाहक प्रमुख उमा थापा मगरको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख महिला बिकास अधिकृत शोभा शाहले स्वागत मन्तव्य व्यक्त गरेकि थिईन् भने कार्यक्रम सञ्चालन सामाजिक बिकास अधिकृत कृष्ण प्रसाद जोशीले गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत हिरालाल रेग्मी, युवा, शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोरख बहादुर थापाको उपस्थिती रहेको थियो । कार्यक्रममा गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले गैससहरुको कार्य, प्रभाकारिता आदिका बारेमा बोलेका थिए ।

  • ३२ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech