बार्षिक समिक्षा तथा योजना तर्जुमा बैठक सम्पन्न

असल शासन प्रतिनिधि

बर्दिया/बासको बार्षिक समिक्षा तथा योजना तर्जुमा बैठक बर्दियाको ठाकुरद्वारामा सम्पन्न भएको छ ।

साउन ३० गते उक्त बैठक सम्पन्न भएको हो ।

बास नेपालका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा सम्पन्न बैठकमा ईण्टर्न सरिता बि.क., सरसफाई कार्यक्रम सहजकर्ता सुसिला चौधरी, जनसम्पर्क अधिकृत मुना बिष्ट, नागरिक सहायता कक्ष कार्यक्रम संयोजक रबिन्द्र बोहरा, असल शासन मिडियाका व्यवस्थापक तपेन्द्र मलाती, सिएफए जस्मिन शाह, लेखा अधिकृत दिपा चौधरी, सिएफए लोक बहादुर घर्ती मगर, श्रोत व्यक्ति मन भण्डारी, निर्देशक हेमराज भट्टले प्रगति बिबरण प्रश्तुत गरेका थिए ।

प्रश्तुत प्रगति बिबरणमा व्यापक छलफल भएको थियो । कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले आ.ब. २०७८/२०७९ को बार्षिक कार्ययोजना प्रश्तुत गरेका थिए ।

कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए । बैठकमा प्रश्तुतिकरण गर्ने कर्मचारीहरु मध्ये भिजिनरी प्रस्तुतकर्ताको रुपमा हेल्प डेस्क कार्यक्रम संयोजक रबिन्द्र बोहरा, उत्कृष्ठ प्रस्तुतकर्ताको रुपमा लेखा अधिकृत दिपा चौधरी र सिएफए जस्मिन शाहलाई घोषणा गरिएको थियो । कार्यकारी निर्देशक शाहले उत्कृष्ठ प्रस्तुतकर्ताहरुलाई पुरस्कृत गरिने जानकारी दिएका थिए ।

  • २ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech