महत्वपूर्ण निर्णय गर्दै बासको ३८ औं पूर्णकालिन बैठक सम्पन्न

असल शासन प्रतिनिधि

बर्दिया/बासको ३८ औं पूर्णकालिन बैठक बर्दियाको ठाकुरद्वारामा सम्पन्न भएको छ ।

साउन ३० गते उक्त बैठक सम्पन्न भएको हो । हरेक चार, चार महिनामा गरिने पूर्णकालिन बैठकले संस्थागत बिकास लगायतका बिषयमा नीतिगत निर्णय गर्ने गरेको छ ।

बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा सम्पन्न बैठकले १३ वटा निर्णय गरेको छ ।

बैठकले बास नेपालका केन्द्रीय महासचिव शिब कुमार बर्माकी ममतामयी आमा रुकमणी देबि बर्माको ६६ बर्षको उमेरमा भएको असमायिक निधन प्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना सहित शोक प्रश्ताव पारित गरेको थियो ।

बैठकले संस्थाका आर्थिक, प्रगति प्रतिबेदनहरु अनुमोदन गर्नुका साथै आ.ब. २०७८/२०७९ को बार्षिक कार्ययोजना स्विकृत गरेकोछ ।

बैठकले बासको अन्तराष्ट्रिय समन्वय बिस्तारका लागि बिभिन्न देशहरुमा रहने नेपालीहरुलाई अन्तराष्ट्रिय प्रतिनिधि तोक्ने, भाद्र दोश्रो हप्ता भित्र संस्थाको बार्षिक साधारण सभा तथा सामाजिक परीक्षण गर्ने, अधिबेशन गर्न बाँकी शाखाहरुको अधिबेशन गर्ने, पुर्नगठन हुन बाँकी शाखा, उपशाखा, ईकाईहरु पुर्नगठन गर्ने निर्णय गरेको छ ।

बैठकले जेसि फोकल पर्सनको रुपमा उपाध्यक्षलाई तोक्नुका साथै उपाध्यक्ष बुढाथोकीकै संयोजकत्वमा छबिलाल सुनार र हेमराज भट्ट सदस्य रहेको लैंगिक समानता तथा सामाजिक समाबेशिकरण मूल प्रबाहिकरण समिति गठन गरेकोछ ।

यसैगरी बैठकले महासचिव शिब कुमार बर्माको संयोजकत्वमा उपाध्यक्ष लुना बुढाथोकी र कार्यकारी निर्देशक नमस्कार शाह सदस्य रहेको सक्रिय सदस्यता सिफारिस समिति गठन गरेको छ । बैठकले ३९ औं पूर्णकालिन बैठक २०७८ मंसिर २५ गते गर्ने निर्णय गरेको छ ।

महासचिव शिब कुमार बर्माले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष लुना बुढाथोकीले स्वागत गरेकि थिईन् । बैठकको समापन केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।

 

  • २ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech