अन्ततः एमाले विभाजीत, नेपालले नयाँ दल दर्ता गर्दै

असल शासन प्रतिनिधि

काठमाण्डौं / लामो समयमा आन्तरीक कलह पछि एमाले विभाजीत भएको छ ।
एमालेका बरिष्ट नेता माधब कुमार नेपालको संयोजकत्वमा नयाँ दल दर्ताको प्रक्रियामा नेपाल समुह अगाडी बढेसँगै एमाले विभाजन भएको
हो । एमाले मानव नेपाल समुहले नयाँ दलको नाम नेकपा एमाले समाजवादी दर्ता गर्ने निर्णय गरेको छ । देउवा सरकारले ल्याएको नयाँ अध्यादेश अनुसार केन्द्रीय कमिटिको २० प्रतिशत सख्या पु¥याएर दल दर्ता गर्न पाउने ब्यवस्था अनुसार माधब नेपाल पार्टिबाट अलग भएर नयाँ दल दर्ता गर्न लागेका हुन् । जिवन नै एमालेमा समपर्ण गरेका नेपाल पक्षधर मुख्य नेताहरु नै नेपालको यो कदमको बिपक्षमा उभिएको बताईएको छ । कुन नेता नेपालको पक्षमा उभिने र कुन ओलीको भन्ने कुरा अझै स्पष्ट भईसकेको छ । अहिले सम्म नेताहरुको कित्ता काटका बिषयमा विभिन्न मतहरु भने बाहिर आईसकेका छन् ।

  • २ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech