मोटर साइकल चोर पक्राउ

असल शासन प्रतिनिधि

 

नेपालगन्ज/ मोटरसाइकल चोरी गर्ने तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ बसपार्कबाट रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ११ बस्ने १८ वर्षीय अनुप चन्द, सोही ठाउँका २० वर्षीय सुन्दर मल्ल र सोही ठाउँकै १८ वर्षीय अम्मर बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार बिहान पौने तीन बजेको समयमा मोटर साइकल चोरी गरी लिँदै गरेको भे३प ६००४ नम्बरको कालो रंगको डिस्कभर मोटर साइकलसहित उनीहरु रंगेहात पक्राउ परेका हुन् ।

पक्राउ परेकाबाट निलो रंगको एनएस मोटरसाइकलको एउटा हेड लाइट, निलो रंगको पल्सर मोटर साइकलको ट्याङकीको कभर एउटा र मोटर साइकलका पाट पुर्जाहरु खोल्न प्रयोग गरिने स्क्रु ड्राइभर, रेन्ची, ७ वटा मोटरसाइकलको स्टिकर, तीनवटा मोबाइल र लागुऔषध १३ वटा  नाइट्राभ्याटको चक्कीसमेत फेला परेको प्रहरीले जनाएको छ ।

  • ३ भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech