नेपालगन्जमा १५औं राष्ट्रिय सुचना दिवस मनाईयो

असल शासन प्रतिनिधि

नेपालगन्ज / कार्यालयले प्रवाह गर्ने सेवालाई सहि रुपमा बाहिर ल्याई सुचना मैत्री कार्यालय स्थापीत गर्न बाँकेका सुचना अधिकारीलाई प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले निर्देशन गरेका छन् ।
१५औं राष्ट्रिय सुचना दिवसको अवसरमा आज जिल्ला प्रशासन कार्यालयको सभाहलमा भएको सुचनाको हक प्रवद्र्धन बिषयक छलफल कार्यक्रममा प्रजिअ गेलालले यस्तो निर्देशन गरेका हुन् । बाँके स्थित सरकारी कार्यालयका सुचना अधिकारीहरु सम्मीलित कार्यक्रममा बोल्दै प्रजिअ गेलालले सुचना अधिकारी नतोकेका कार्यालयले तत्काल सुचना अधिकारी तोक्न, त्रैमासिक रुपमा स्वस्फूर्त सूचना प्रकाशन गर्न र कार्यालयमा हेल्पडेस्क सञ्चालन गर्न प्रजिअ गेलालको भनाई थियो ।


गैसस महासँघ बाँकेका अध्यक्ष तथा बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रमको शुरुवातमा सुचनाको हक र सार्वजनिक निकायको दायित्वका बिषयमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले प्रस्तुतीकरण गरेका थिए । यसैगरी कार्यक्रममा बाँकेमा सुचनाको अवस्थाको बिषयमा बोल्दै जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख तथा सुचनाको हक कार्यान्वयन जिल्ला समितिका सचिब गोबिन्द प्रसाद पाण्डेले कोभिडका कारण धेरै कामहरु गर्न नसकिएको भएपनि राष्ट्रिय सुचना आयोगका पूर्ब प्रमुख सुचना आयुक्त कृष्णहरी बास्कोटाको सहजिकरणमा बाँकेका सुचना अधिकारीहरुलाई जुमका माध्यमबाट अभिमुखिकरण, सुचना अधिकारीहरुलाई नियमति रुपमा पत्राचार तथा समन्वय गर्दै आएको र सुचनाको अवस्थाको बिषयमा अनुगमन लगायतका कामहरु गरेको बताए ।
कार्यक्रमका सहभागिहरुलाई स्वागत गर्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले जुनसुकै कार्यालयले पनि मागेको सुचना प्रक्रिया अनुसार समय सिमा भित्र उपलब्ध गराउन अनुरोध गरे । छलफलको अन्त्यमा त्रैमासिक रुपमा स्वस्र्फूत सुचना प्रकाशन गर्ने, कार्यालयमा सुचना अधिकारीको फ्लेक्स तोकिएको ढाँचामा तयार गरी टाँस गर्ने, कार्यालयमा नागरिक सहायता कक्ष सञ्चालन गर्ने लगायतका बिषयमा सहभागिहरुले साझाँ सहमति जनाएका थिए । कार्यक्रम जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजना तथा बास नेपाल नेपालगन्ज, गैर सरकारी संस्था महासँघ बाँके र जिल्ला हुलाक कार्यालयको सहकार्यमा भएको थियो । कार्यक्रममा ५० बढी कार्यालयका सुचना अधिकारीहरुको सहभागिता रहेको थियो ।

  • ३ भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech