बुद्धको मूर्तिसहित पाँच पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बर्दिया प्रहरीले बुद्धको मूर्तिसहित पाँच जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो सदरमुकाम गुलरियास्थित विजया गेष्ट हाउसको कोठा नम्बर ३२८ मा खानतलासी गर्दा धातुको बुद्धको मूर्तिसहित पाँचजनालाई  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बरामद गरिएको मूर्तिको तौल ७ किलो ७०२ ग्राम र उचाइ ९ दशमलव ५ इन्च छ ।

पक्राउ पर्नेहरुमा बर्दियाको मधुवन नगरपालिका-१ का ३४ वर्षीय उज्ज्वल रोकाय, ९ का ३४ वर्षीय अमृत राई, गुलरिया-७ का ४० वर्षीय निराजन उप्रेती, ठाकुरबाबा नगरपालिका ९ का ३२ वर्षीय ईश्वरी प्रसाद उपाध्याय र जाजरकोट जिल्लाको वारेकोट गाउँपालिका २ का २९ वर्षीय मगबहादुर नेपाली रहेका छन् ।

सयौं वर्ष पुरानो बहुमुल्य धातुको पुरातात्विक बुद्धको मूर्ति करोडौं रुपैयाँमा किनबेच भइरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

  • ३ भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech