पाटनको डुप्केमा पहिरो २ घर बगायो ४ उच्च जोखिममा

भुबि बिष्ट

बैतडी / बैतडीको पाटन नगरपालिका वडा नम्वर १० मा पहिरोले दुई घर बगाएको छ।
भाद्र ३ गते राती भएको अविरल वर्षासँगै आएको पहिरोले दुई घर बगाएर पुर्ण क्षति गरेको छ। प्राप्त जानकारी अनुसार पहिरोले स्थानीय हर्क बहादुर कुँवर र हिक्मत कुवरको घर सहित पशुचौपाया, लत्ता कपडा र नगद समेत बगाएको छ। हर्क बहादुर कुवँरका ३ वटा भैंसी , १ गाई, १० वटा कुखुरा, २ लाख नगद पैसा र २ तोला सुन सहित खाद्यान्न लत्ता कपडा बगाएको पिडित तुलसी कुवँरले बताए। त्यस्तै हिक्मत कुवँरको १ गाई, ५ वटा बाख्रा ,१५ वटा कुखुरा सहित खाद्यान्न लत्ता कपडा बगाएको वडा वडा नम्बर १० का अध्यक्ष देवेन्द्र कुवरले जानकारी दिएका छन् । पहिरो जादै गर्दा घरका सदस्यले भने भागेर ज्यान बचाउन सफल भएको स्थानीयले बताए ।


नियमितको बर्षका कारण सोही स्थानका अन्य ४ घर पहिरोको उच्च जोखिममा रहेको बताईएको छ। पाटन नगरपालिका १० को डुप्केको ठाँउठाँउमा पहिरो गएपछि थप ४ वटा घरहरु जोखिममा रहेको स्थानीयले बताए । स्थानीय इन्द्र बहादुर कुवर, भगिरथ कुवर र भुपेन्द्र कुवरको घर पहिरोको जोखिममा रहेको स्थानिय डम्मर कुवँरले जानकारी दिए । पहिरो पिडित परिवारका लागि राहत सामाग्री सहित वडा अध्यक्ष र प्रहरीको टोली घटनास्थल पुगिसकेको बताईएको छ ।

  • ४ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech